Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

हावाहुरी वितण्डा : एकै परिवारका चारजनाको मृत्यु

बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा आइतबार राति आएको हावाहुरीमा एकै परिवारको चारजनाको ज्यान लियो । अचानक आएको हावाहुरी र भुमरीले इजहार मियाको घर भत्कायो । घरमा सुतिरहेका उनको पत्नी मिना खातुन, बुहारी सकिमा खातुन, नातीनीहरु रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको हो ।

हावाहुरी चलेको बेला घर बाहिर रहेका छोरा हैदर अली घाइते मात्र भए । इजहार भने कामको सिलसिलामा जिल्ला बाहिर थिए ।

छिमेकी अब्दुल रहमानले हावाहुरीसँगै आएको भुमरीले घर भत्काउँदा भित्र रहेका चारजनाको मृत्यु भएको बताए । ‘यस्तो आँधी कहिल्यै देखेको थिएन,’ उनले भने, ‘सोच्न नपाउँदै ठूलो विनास भइसकेको थियो ।’ उनले आफ्नो टोलमा मात्र ११ जनाको मृत्यु भएको बताए ।

error: Content is protected !!