Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बारा–पर्सा हावाहुरी अपडेटः कुन हस्पिटलमा कति घाइते ? (सूची)

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ ।

काठमाडौं ल्याएका घाइतेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घाइते मध्ये १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

त्यस्तै, नेश्नल मेडिकल कलेज, वीरगजमा १ सय जनाको उपचार भइरहेको छ भने वीरगञ्ज हेल्थ केयरमा ३८ जनाको उपचार भइरहेको छ । त्यस्तै, गण्डक अस्प्ताल, वीरगञ्जमा २८ जना गरी २ सय ८२ जनाको जिल्लामा उपचार भइरहेको छ ।

बारामा हावाहुरी तथा असिना पानीको कारणले घर र इट्टाको चिम्नी भत्किँदा ठूलो मानवीय क्षति भएको हो । हाल घटनामा ज्यान गुमाएकाको खोजी, घाइतेको उद्दार, उपचार र रहातका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टाली खलिटएको छ ।

घटनामा मृतक मध्ये २३ जनाको सनाखत भएको छ भने ३ जनाको सनाखत हुन सकेको छैन । नारायणी शिक्षण अस्पताल, वीरगञ्जमा पठाइएको मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज–१८ का १८ वर्षीय सरोज राम छन् ।