Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

स्मार्ट कार्डबाट सेनेटरी प्याड

१७ चैत,  स्याङ्जा । स्याङ्जा फेदीखोला गाउँपालिकाले स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएकाे छ । फेदीखोला-२ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा सेनेटरी प्याड मेसिन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

महिनावारीका कारण छात्राहरु दुई/तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य गर्न मेसिन संचालनमा ल्याइएको सुवेदीले बताए।

Citizen

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहकार्यमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको उनले बताए।

मेसिनमा प्रयोग हुने स्मार्ट कार्ड प्रत्येक विद्यार्थीलाई एक/एकवटा दिइनेछ। उक्त कार्ड मेसिनमा राखे पछि त्यहाँबाट प्याड निस्किन्छ। एउटा कार्ड एकपटक मात्र प्रयोग गर्न सकिने छ। उक्त मेसिनको लागत ८८ हजार रहेको गाउँपालिकाले जनाएको छ। मेसिनभित्र ५० वटा प्याड अटाउँछन्। प्याड सकिएपछि पुनः गर्न सकिनेछ

कान्तिपुरका बाट