Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रधानमन्त्री ओली झापा-मोरङ जाँदै, वडा कमिटिकाे सपथ र पशुपक्षी हाट उद्घाटन लगायतका कार्यक्रम

 

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम तय भएकाे छ ।

दुईदिने झापा-मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ।

उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रंगशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्नेछन्। त्यस्तै साेमबार बिहान उनले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। भोलि नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ।
कान्तिपुरका बाट