Loading... आजः बुधबार, कार्तिक १०, २०७८
Trending

आइपीएल क्रिकेटमा हैदरवादको पहिलो जित

 

चैत १६, एजेन्सी । सनराईजर्स हैदरवादले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई पाँच विकेटले हराउँदै पहिलाे जित दर्ता गराएकाे हाे । हैदरवादस्थित राजिब गान्धी स्टेडियममा राजस्थानले दिएको एक सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

हैदरवादको जितमा ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ खेले । बल टेम्परिङको एक वर्षे प्रतिबन्धपछि पहिलो ठूलो प्रतियोगिता खेलेका बार्नरले ३७ बलमा ९ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका थिए । जोनी बैरस्टोले ४५, विजय शंकरले ३५, युसुफ पठान १६ र राशिद खानले अविजित १५ रन बनाए । बलिङमा राजस्थानका श्रेयस गोपालले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले अविजित १०२ रनको सतकीय इनिङ खेले । सतक बनाउने क्रममा उनले ५५ बलमा १० चौका र चार छक्का हानेका थिए । जारी आइपीएलमा यो पहिलो सतक हो ।

कप्तान अजिंका रहानेले ७० रन बनाए । बेन स्टोक्सले अविजित १६ रन जोडे । बलिङम हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । जितसँगै दुई खेलबाट दुई अंक बनाएको हैदरावाद चौथो स्थानमा छ । दुवै खेल हारेको राजस्थान अन्तिममा छ ।
रातो पाटी बाट

error: Content is protected !!