Loading... आजः आइतवार, चैत्र १२, २०७९
Trending

विराट आँखा अस्पतालमा रेटिनाको शल्यक्रिया सुरु

चैत १६,विराटनगर । विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया सुरु गरेको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलनको गरी तीन करोड रुपैयाँ लागतमा खरिद गरिएको उक्त मेशिनबाट सेवा सुरु गरेको जनाएको छ। अस्पतालका सञ्चालक राजेश प्रसाईले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्न अन्य अस्पताल पठाउनु परेको समस्या अब अन्त्य भएको बताए। अस्पतालले वार्षिक एक लाखलाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ। देशभरमा करिब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उनले दाबी गरे। उक्त सेवाबाट प्रदेश १ का साथै छिमेकी भारतको बिहारलगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ। अस्पताल २०६८ फागुनदेखि सञ्चालनमा आएको हो।
थाहा खबर बाट