Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेप्से कार्यालय घेराउ गर्न खोज्ने १३ जना समातिए

१२ चैत, काठमाडौं । राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से ) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर लगानीकर्ता दबाब समूहले मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो । सो क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए । अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समूहका दीपेन्द्र अग्रवालले शान्तिपुर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे ।

शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।