Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु

 

चैत १२, सिन्धुपाल्चोक । खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ।

सोमबार दिउँसो सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ मा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमा शिवश्री हाईड्रोपावरका कामदार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दिउँसो सवा ४ बजेतिर कामदारले भान्सामा खाजा पकाउने क्रममा ग्याँस सिलिन्डर विस्फोट भएको हो।

मृतक मध्ये हुम्लाका सन्दुक लामा र दोलखाका भाईकाजी शेर्पाको पहिचान खुलेको प्रहरीले जनाएको छ।