Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सरकारलाई प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

 

चैत १२, काठमाडौँ ।  आफ्ना नेता तथा कार्यकर्ता पक्राउ र पार्टीमाथि लगाइएको प्रतिबन्धका विरुद्धमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले गएराति विज्ञप्ती जारी गर्दै पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिनु भएको छ । चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी नेकपाले दिएको छ । स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीलगायत नेता कार्यकर्तालाई रिहा गर्न विज्ञप्तीमा माग गरिएको छ । विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुसलगायत रहेका छन् ।