Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

एक नेपालि मृत फेला कोरियामा फेरी अर्को दुखत घटना

कोरिया-  अर्को दुखत घटना घटेको छ l इपिएस मार्फत कोरिया प्रवेश गरेका एक नेपाली सुतेकै अबस्थामा मृत फेला परेका छन् l नेपालको तेर्हथुम निवासी तुल्सी कुमार कन्दङ्गवा गए राति आफ्नै कम्पनि निवासमा मृत फेला परेको पांचथर सम्पर्क समितिका सदस्य युगेल किसोर सेर्माले जानकारी दिएका छन् l

इपिएस मार्फत करिब ७ बर्ष पहिला कोरिया प्रवेश गरेका मृतक कन्दङ्गवा कोरियाको यांग्जु स्थित एक कृषि फारममा कार्यरत थिए l करिब ३६ बर्षिय कन्दङ्गवा कम्पनीमा एक मात्र नेपालि कामदार रहेको बुझिएको छ l

हाल उनको शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ भने मृत्युको कारण वारे थाप अनुशन्धान भैरहेको बताइएको छ l घटना वारे नेपालमा रहेका आफन्तलाई जानकारी गराउने काम भैरहेको समेत बुझिएको छ l

घटनाको बिष्तृत विवरण वारे सिओल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा औपाचारिक जानाकारी प्राप्त पनिभएपनि अनौपचारिक जानाकरी आएको र घटना वारे बिस्तृत जानाकारी आउन बाँकि रहेको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए l
बिस्तृत जानकारीको लागि हेर्दै गर्नुहोला

स्रोत hellonepalkorea.com
error: Content is protected !!