Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्न तयार छौं : शशांक कोइराला

६ चैत,  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका छन् ।

हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् । बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् ।

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आउँला, कांग्रेस तयार छ भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘तयार छ । किन तयार नहुनु ?’

जनमत संग्रहकै लागि तयार हो भन्ने प्रश्नमा उनले भने, ‘गर्न तयार छ । तयार हुनुपर्छ ।’

Source: Online Khabar