Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विप्लव ले जनमुक्ति सेनामा भर्ति खोल्यो !

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् ।

एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको
क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न
जरुरी रहेको पनि बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र
प्रचण्ड(बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व
बनाइदिएको भन्दै उनले जनमुक्ति सेना पूर्व हुने सेना नै नभएको दावी गरे ।

“एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अनि अब
क्रान्तिमा आक्रमण गर्नका लागि त्यसलाई प्रयोग गर्ने, क्रान्तिलाई आक्रमण
गर्न जो खेल चलिरहेको छ अहिले त्यसलाई हामीले चिर्न जरुरी छ ।”

उनले भने( “जनमुक्ति सेना पूर्व होइन, पूर्व त कसले बनाइदियो भने यूएनले
बनाइदियो । पूर्व त भारतले बनाइदियो । पूर्व त काङ्ग्रेस र एमालेले
बनाइदिए । पूर्व त प्रचण्ड र बाबुरामले बनाए । हाम्रो त लगातार के छ भने
जनमुक्ति सेना पूर्व हुने सेना होइन ।”

जनमुक्ति सेना भविष्य बोकेको र भविष्यको जिम्मा लिने सेना भनेको प्रष्ट
पार्दै उनले त्यसलाई पूर्व भनेर विषयान्तर गर्न खोजिदा त्यतिबेला नै
आफूहरुले विरोध गरेको समरण गरे । जनमुक्ति सेनालाई पूर्व भन्ने या नभन्ने
बिषयमा तत्कालीन परिस्थितिमा पनि ठूलो बहस पनि चलेको उनले खुलासा समेत गरे ।

“एउटा सेनालाई लिएर अर्कोलाई सम्पूर्ण रूपमा समाप्त पारिदिने कुरा,
सिध्याइदिने कुरा हुन सक्दैनथ्यो नि ।त्यतिबेलै समायोजनका नाममा जनमुक्ति
सेनालाई जसरी विसर्जन गरिँदै थियो त्यसै दिन हामीले विरोध गरेका थियौँ ।”

उनले भने( “पूर्व हामीले स्वीकार गरेको होइन । पूर्व भन्ने शब्द जो
बनाउन खोजेका थिए, त्यो भएन । अहिले पनि जोडतोडले ल्याउन खोजिएको छ । अहिले
फेरि मनोवैज्ञानिक रूपमा हमला गर्न खोजिँदैछ भने जनमुक्ति सेना थियो,
कुनैबेला त्यो सकियो, त्यो मात्रै होइन ।”

पुँजीवादी, साम्राज्यवादीहरूले पूर्व जनमुक्ति सेनाको ब्याज खानु र
खुवाउने उदेश्यले फेरि अर्को खेल सुरु गरेको बताउदै महासचिव विप्लवले
नेपालमा क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमुक्तिलाई सेना पूर्व भनेर
भन्नै नमिल्ने तर्क गरे । प्रचण्ड(बाबुरामले बीच बाटोमै छोडेर हिडेको अधुरो
क्रान्ति पुरा गर्न नेपाल जनमुक्ति सेनालाई थप शशक्त बनाउनुपर्ने समय आएको
उनको भनाइ छ ।

“यहाँ त जनमुक्ति सेना बनाउनु पर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ नि ।
त्यसकारण वर्तमान जनमुक्ति सेना बनाउने कुराको महत्व छ भन्ने कुरा हामीले
चिर्न खोजेको कुरा यो हो । अब जहाँसम्म बनेको छ कि छैन भन्ने कुरा हो, यो
विभिन्न ढङ्गले बाहिर गइसकेको हुनाले ढाँट्नुपर्ने जरुरी छैन ”

उनले भने( “हामी त्यतिबेलै पनि प्रचण्ड–बाबुरामसँग विद्रोह गरेर
शिविरबाट जनमुक्ति सेनालाई बाहिर आउनलाई अपिल ग¥यो । आउनु पनि भो । आएपछि
हामीले भन्यौँ– गठन गरौँ । हामीले विभिन्न सुरक्षाका जनस्वयम्सेवक गठन
गर्ने कुरा पनि भयो ।”

महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य भएको पनि
बताए । “एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ ।
त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर
गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ । यतिचाहिँ हामीले जनतालाई भन्नुपर्छ
किनकि बाहिर भ्रमहरू चलिरहेका छन् । यसलाई चिर्नुपर्नेछ ।”

उनले भने( “यस हिसाबले जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना,
समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।” उनले सबै नेपाली
देशभक्त, क्रान्तिकारी युवाहरुले अब नयाँ क्रान्तिमा भाग लिनुपर्ने आएको
समेत बताएका छन् ।

“हिजो जनमुक्ति सेनालाई विघटन गराउन हिजो भूमिका निर्वाह गरेका
तत्वहरूले अहिले फेरि अहिले एनजीओरआईएनजीओमार्फत माया गरेजसरी जनमुक्ति
सेनालाई पूर्व जनमुक्ति सेना भने,त्यसो होइन ।” उनले भने( “तपाईंहरू सबै अब
नयाँ क्रान्तिमा भाग लिन आउनुस् । पूर्व भएर, पीडित भएर बस्नु परेन ।”

नेपाल कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गरिरहेको भन्दै
महासचिव विप्लवले भाग लिन समेत अपिल गरेका छन् । ” कम्युनिस्ट पार्टीले
नयाँ जनमुक्ति सेना निर्माण गर्दैछ । यहाँ आएर भाग लिनुपर्‍यो ।” उनले भने(
“अब क्रान्तिमा सहभागी बन्न आउनुपर्‍यो । अनि केको पीडा रु क्रान्ति त एउटा
निरन्तर जीवनको प्रक्रिया हो १”

हिजो पनि क्रान्ति सम्पन्न गर्न र समाजवाद प्राप्तिका लागि आफूहरु लडेको
स्मरण गर्दै उनले अगाडि थपे( “जीवन रहुन्जेलसम्म, समाज रहुन्जेलसम्म,
साम्यवाद नआउन्जेलसम्म पुँजीवादका विरुद्ध कम्युनिस्टहरूले क्रान्ति
छेडिरहनुपर्‍यो नि । त्यसकारण हामी हिजो थियौँ । दुःख गर्‍यौँ । त्यहाँ
हामीलाई अलिकति पैसा देऊ । हामीलाई अलिकति सुविधा देऊ भनेर भिक माग्न,
रुनकराउन जरुरत नै छैन । पूरा गौरवकासाथ इतिहासमा गरेका योगदानमा गर्व
गर्दै नयाँ एउटा इतिहासको निर्माणमा जिम्मेवारी बोधकासाथ जुटौँ। यो हाम्रो
कुरा हो ।’’

एकीकृत जनक्रान्ति यो शताब्दीको एउटा नयाँ विचारका रूपमा विकास हुनसक्ने
भन्दै उनले समाजवाद मजदुर या किसानको मात्रै नभएर चेतना र श्रमको
अभिब्यक्ति भनेको उनको विश्लेषण छ ।

‘समाजवाद पहिले मजदुरको मात्रै, किसानको मात्रै तेसो होइन, समाजवाद
भनेको त चेतना र श्रमको अभिब्यक्ति हो । चेतना र श्रम मिलेर प्राप्त हुने
एउटा व्यवस्था हो । सभ्य समाज हो नि त । त्यसकारण एउटा श्रमबाट मात्रै
व्याख्या गर्नु हुँदैन । चेतनाबाट मात्रै होइन, चेतना र श्रमलाई एकठाउँमा
ल्याउँदा वास्तविक एउटा वैज्ञानिक समाजवाद बन्छ भन्ने भएपछि एउटा यो बन्न
सक्छ, यसले ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।’

Source: Khabar Dabali