Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

चौलागाँईको तरकारी खेतिमा मोह, भाइ कोरिया छोडी नेपाल !

सिन्धुपाल्चोक । राजधानी बाट करिब ७५ किलिमिटर दुरिमा रहेको सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका -८ मा स्थायी बासोवास गर्ने रत्न चौलागाँई  आफ्नै ब्यबशायिक कृषी सुरु गरेका छ्न । बिभिन्न आरोह अबरोह पार गर्दै केहि बर्ष अघिदेखी मात्रै  उनि  ब्यबशायिक कृषी पेशामा संलग्न भयका हुन ।

चौलागाँई ले सिन्धुपाल्चोक मा कृषी फार्म दर्ता गर्नका लागी भाई एम.पि सँग सहकार्य गरी अगाडी बढ्नुभयो । राजधानी देखी मल्,बिउबिजन लगि आफ्नै खेत बारिमा तरकारी खेतिको सुरुवात गर्नुभयो । परम्परागत तरकारी खेती लाई बृहत बनाउने फराकिले सोच सहित उहाँले नयाँ कार्यको थालनी गर्नुभयो । यो सँगै उहाँले आफ्नै कृषी फार्म मा गोलभेडा,काउलि,बन्दा, लगाएत सिजन अनुसार अन्य सागसब्जी उत्पादन गर्दै स्थानिय बजारमा भारी बोकेर आफ्नो पहिलो दिनच्रर्या को सुरुवात गरेको उहाँ विगत सम्झनुहुन्छ ।

लगत्तै, उहाँले सिन्धुपाल्चोकमै अन्य कारोबार गर्ने सोचाई गर्नुभयो । यस व्यवसायबाट उहाँले केही पैसा आर्जन गर्नुभयो । प्रगतिशील विचारधाराका चौलागाईलाई केही साथीभाइले उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिए । आफ्नै रहर र साथीभाइको हौसलाले उहाँलाई कृषिमा लाग्न प्रेरणा दियो ।

कृषि कर्मका लागि उहाँले आफ्नै पुख्र्यौली थलो सिन्धुपाल्चोकको ईन्द्रावती -८ लाई नै लाई रोज्नुभयो । ईन्द्रावती गाँउपालिका -८  मै आफ्नो कृषी फार्म चलाईराख्नुभएको छ ।

केहि लगानी, तरकारी खेतीमा जोड

आफ्नै नाममा रहेको १० रोपनी पाखो जग्गामा उहाँले व्यवसायिक कृषि कर्म अघि बढाउनुभएको छ । उहाँले मुख्यतया : व्यवसायिक सिजनेबल
खेतीलाई जोड दिनुभएको छ । बिभिन्न तरकारी हरु लगाउनुभयको छ ।

खेतिमा रोग लाग्नाले किसान मारमा

चौलागाँईका अनुसार सिँचाईका लागि ४ किलोमिटर तल सिस्ने खोलाबाट ‘लिफ्टिङ’ गरी फार्मसम्म पानी ल्याईएको छ । यसका लागि जिल्ला कृषी बिकास कार्यलय सिन्धुपाल्चोक बाट र बाँकी स्थानियको सहयोग बाट सफल ‘लिफ्टिङ’ गरियको हो ।

उहाँले आधुनिक प्रविधिको उपयोग गरी व्यवसायिक कृषि कर्म अघि बढाउनुभएको छ । तरकारी खेतीमा बिभिन्न रोगले सताउँदा किसान मारमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । यस्ता रोग नियन्त्रणका लागि राज्यले नै पहलकदमी चाल्नुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भैँसीपालन र बाख्रापालन व्यवसायलाई पनि विस्तार गर्ने योजना बनाउनुभएको छ ।

‘अहिले हामीसँग २ वटा भैँसी छ । १० वटासम्म भैँसी पाल्ने र बाख्राको संख्या ५० पुर्‍याउने लक्ष्य छ । ५ वटा स्थानीय जातकै बाख्रा छन्,’ स्थलगत अवलोकन गर्न फर्मसम्म पुगेको उज्यालो संबाददाता रामहरि चौलागाई लाई उहाँले जानकारी गराउनुभयो ।

समृद्धिको आधार कृषि र पर्यटन

फार्ममा चौलागाँई सँगै उहाँकी श्रीमती अप्सरा चौलागांई, बुवा खुरनाथ सँंगै आमा हिरादेबि, भाई एम.पि र अच्युत चौलागाई  को संयुक्त लगानी रहेको छ । कृषि र पर्यटनको विकासबिना देशको आर्थिक समृद्धि सम्भव नहुने उहाँ बताउनुहुन्छ । पर्यटनका लागि पनि कृषिको विकास हुनु जरुरी छ ।

‘त्यसैले आफ्नै देशमै बसेर कृषिमै केही गर्नुपर्छ भन्ने सोच राखेर कृषि कर्म अँगालेको हुँ,’ उहाँले भन्नुभयो । उहाँको फर्मबाट केहि जनालाई रोजगारी समेत दिने बताएका छन ।

भाई कोरिया त्यागेर नेपाल

थालनी भएको केहि वर्षमै उहाँको कृषि कर्म फस्टाउँदै गएको छ । कृषि कर्ममा सघाउन कोरियाबाट भाई एम.पि नेपाल फर्कियका छ्न । आफ्नो भाई कोरिया त्यागेर नेपाल आएकोमा दाजु रत्नले खुशी ब्यक्त गरेका छ्न । कृषि कर्म गर्न सके पैसाकै लागि विदेशिनु नपर्ने चौलागाँई दम्पत्तीको सुझाव छ ।

(१ चैत्र २०७५, शुक्रवार, १३.२३ मा प्रकाशित )