Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

राजपा नेपालको बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे विजुलीबजारस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको छ । बैठकमा आगामी वैशाखमा हुने भनिएको पार्टीको महाधिवेशन, प्रदेश स्तरीय अन्तरक्रियाबाट निस्केको निष्कर्षलगायतको विषयमा छलफल हुने पार्टी संयोजक महेन्द्र राय यादवले जानकारी दिनुभयो । उहाँले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको विषयमा कानुनी प्रक्रियामा नै अघि बढ्ने भन्दै अदालतको फैसलामा कसैको केही नलाग्ने बताउनुभयो ।

(२५ फाल्गुण २०७५, शनिवार, ११.२३ मा प्रकाशित )

error: Content is protected !!