Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

आमसभालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली र प्रचण्ड आज रौतहट जाँद

काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेकपाका दुवै अध्यक्षले मधेश पुगेर सम्बोधन गर्ने भएका छन् । पार्र्टी एककीरण, नेकपा र सरकारको सन्देश मधेशलाई दिनका लागि पहिलो पटक दुवै अध्यक्ष मधेसको जनसभामा उपस्थित हुने भएका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रौतहटमा आज हुने जनसभालाई सम्बोधन गर्न जान लाग्नुभएको हो । रौतहटको गरुडामा हुने प्रदेशस्तरीय जनसभालाई दुवै अध्यक्षले सम्बोधन गर्न लागेको नेकपा प्रदेश नम्ब २ का अध्यक्ष प्रभु साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले गर्ने सम्बोधनमा प्रदेश दुईका करिब एक लाख नागरिक सहभागी हुने जनाइएको छ ।

(२५ फाल्गुण २०७५, शनिवार, ११.१८ मा प्रकाशित )

error: Content is protected !!