Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

साँगामा कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काठमाडौं । काभ्रेको साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नंम्बर तीनको कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले जानकारी दिनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनौट गरी जिम्मा दिइएको समेत बताउनुभयो । मन्त्रालयले गुरुयोजनाका लागि ३० लाख छु्ययाएको छ । बनेपा नगरपालिका–१४ मा बन्न लागेको विश्वविद्यालयका लागि प्रदेशसभा सदस्य हुमागाईं, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, मन्त्रालयका उपसचिव रमा मानन्धर, बनेपा न.पा प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहाल, बनेपा न.पा १४ नं वडाध्यक्ष गौरी राउतको टोलीले जमीनको निरीक्षण गरेको हो । विश्वविद्यलायका लागि बनेपा नगरपालिकाले १४ नं वडाको १४९ रोपनी जमीन दिने भएको छ ।

(२३ फाल्गुण २०७५, बिहिवार, १२.२२ मा प्रकाशित )