Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

टीकापुर घटना: सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, तीन जनालाई सफाई

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु  भएको थियो ।

(२२ फाल्गुण २०७५, बुधवार १४.३४ मा प्रकाशित )