Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

ग्यास उद्योगीको माग पूरा गर्ने सरकारको प्रतिवद्दताः हड्ताल स्थगित, आजदेखि ग्यास खरिद गर्ने

काठमाडौं । सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्तालका कार्यक्रम स्थगन गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा अध्ययन गर्न गठित समितिले १६ दिनभित्र सुझाब दिने र त्यही सुझाबका आधारमा माग पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम स्थगित भएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र संघका अध्यक्ष गोकुल भण्डारीसहितको टोलीबीच वार्ता भएको थियो। वार्तामा पेट्रोलियम पदार्थको व्यवस्थापन र समग्र सुधारको मार्ग्चित्र तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने समेत सहमति भएको छ। ग्यास उद्योगीले १० बुँदे माग राख्दै हड्तालको घोषणा गरेका थिए। उद्योगीले शुक्रबारदेखि ग्यास खरिद समेत रोकेका थिए ।

(२२ फाल्गुण २०७५, बुधवार १४ .७ मा प्रकाशित )