Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

विप्लव समूहको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका बादललाई सञ्चारकर्मीहरुले विप्लव समूहले गराएको विस्फोटबारे प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’ संघीय प्रहरी, प्रदेश प्रहरी निर्माणसम्बन्धी कानुन संसदमा पुगेको र यो पास भएपछि प्रदेश र स्थानीय तहको शान्ति सुरक्षा अझ सुदृढ बनाइने गृहमन्त्री बादलको दाबी छ ।उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जारी रहेको बताए ।

(२२ फाल्गुण २०७५, बुधवार १.५० मा प्रकाशित )