Loading... आजः सोमवार, माघ ५, २०७७
Trending

शिक्षकलाई आन्दोलन छाडेर पढाउन जान सरकारको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध र्पुयाउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न भनेको छ। वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ।

शिक्षकहरूले मंगलबार सामुदायिक विद्यालयमा हड्तालको आह्वान गरेपछि मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै विद्यालय पठनपाठनमा फर्किन भनेको हो । प्रवक्ता अर्यालले सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेका हुन।

(२२ फाल्गुण २०७५, बुधवार ११.४० मा प्रकाशित )

error: Content is protected !!