Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

एक वर्षमा तुलसीपुर उज्यालो शहर : उर्जामन्त्री पुन

तुलसीपुर । उर्जामन्त्री वर्षमान पुनले एक वर्षमा तुलसीपुरलाई उज्यालो सहर वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले तुलसीपुर उपमहानगरपालिका र सरकारको वरावरी लगानीमा तत्काल सम्झौता गरेर काम अगाडि वढाइने वताए । “स्थानीय सरकारले लगानीका लागि इच्छा व्यक्त गरेको छ हामी संयुक्त लगानीमा अगाडि वढ्न तयार छौ” पुनले वताए । तीन वर्षमा नेपालका सबै जनताको घरमा विजुली वाल्ने योजनामा सरकार अगाडि वढेको वताउँदै मन्त्री पुनले भने “जुन ठाउँमा जसरी सम्भव छ सोही अनुसार विजुली विस्तार गर्नेछौ” ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै मन्त्री पुनले हरेक दृष्टिले दाङ्ग राजधानीका लागि उपयुक्त भएको वताए । “मैले यही भनेर भन्न त मिल्दैन तर सबैको सोच दाङ्ग नै राजधानी होस् भन्ने रहेको छ ” पुनले भने । उनले दाङ्गमा पानीको समस्या रहेको वताउँदै माडी नै त्यसको उत्तम विकल्प भएको कुरामा जोड दिए । “हामीले माडिको वारेमा तपाईहरुले पनि दवाव दिनु भनेका छौ तर यहाँबाट आशातित रुपमा दबाब पुगेको छैन” उनले भने ।

कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का सभामुख पूर्णवहादुर घर्तिले प्रदेश राजधानीका लागि राजनीतिक सहमति आवश्यक हुने वताउँदै दुइ तिहाईले मात्रै यसको टुँगो लगाउन सक्ने वताए । “सबैले विवेक प्रयोग गरेर काम गर्नेछन् भन्ने मलाई लागेको छ ” घर्तिले भने । राजधानीका लागि सबैतिर उपयुक्त ठाउँ हुुनपर्ने वताउँदै घर्तिले डाडावारी र खोलापारी मन्त्रालय हुने गरी राजधानी नतोकिने वताए ।

कार्यक्रममा विषय प्रवेश गराउँदै नगरप्रमुख पाण्डेले तुलसीपुर विमानस्थलको धावन मार्ग विस्तारका लागि सबैको सहयोग आवश्यक पर्ने वताए । “दैनिक एउटा विमान उडाउँदा यात्रुले टिकट पाउने अवस्था नै छैन यसलाई विस्तार गरेर ठुला विमान उडाउनु पर्ने देखिन्छ ” नगरप्रमुख पाण्डेले भने । तुलसीपुरका वासिन्दा अहिले पनि अँध्यारोमा वस्न वाध्य भएको भन्दै नगरप्रमुख पाण्डेले सरकारसँग ५० प्रतिशतको साँझेदारीमा उपमहानगरपालिका काम गर्न इच्छुक रहेको समेत वताए । कार्यक्रमको सहजीकरण नगरप्रवक्ता श्याम डाँगीले गरेका थिए ।