Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बबई गाउँपालिकाद्वारा सांसद वली प्रति श्रद्वाञ्जली व्यक्त गर्दै १ दिने सार्वजनिक विदा घोषणा

वालकृष्ण पाण्डे ।
हापुरे १० फागुन । प्रदेश नम्बर ५ दाङ क्षेत्र नम्बर ३ ख का प्रदेश सभा साँसद माननीय उत्तर कुमार ओलीको निधनप्रति बबई गाउपालिकाले गहिरो दुख ब्यक्त गरेको छ । बबई गाउपालिका, गाउकार्यपालिकाको आज २०७५/११/१० गते शुक्रबार बिहान बसेको बैठकले

यहीँ माघ २४ गते बेलुका ५ बजे दाङको तुलसिपूरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराही तर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको जिप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने मुसोट देखि दक्षिण को चिसापानी नजिक भयको कार दुर्घटनामा परी गम्भीर घाईते हुनु भएका सासद आ्लीको काठमाडौं को मेडिसिटि अस्पताल मा उपचार को क्रममा मृत्यु भएको खबरप्रति बबई गाउपालिका , बबई गाउकार्यपालिका परिवार मर्माहत एबं स्तब्ध भएको छ ।

शोकको यस घडिमा माननिय संसदको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछौ । साथै उहाँको शोकमा आज बिहान बसेको कार्यपालिकाको बैठकले आज मिति २०७५/११/१० गते शुक्रबारको दिन बबई गाउपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।