Loading... आजः शनिबार, माघ १०, २०७७
Trending

माननिय उत्तर कुमार वलीको सव आज तुलसीपुरमा ल्याइने

हापुरे । सवारी दुर्घटनामा परि गम्भिर घाईते भई काठमाण्डौं मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएका माननिय उत्तर कुमार वलीको सव आज दिउसो ३ वजे तिर उहाँको घर तुलसीपर १२ एयरपोर्टमा ल्याईने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला कार्यदल सदस्य टिकाराम खड्काका अनुसार आज उहाँको पाथिक शरिरमा नेकपाको काठमाण्डौ स्थित धुम्वाराहि कार्यालयमा १२ वजे सम्म राख्ने र त्यसपछि ३ वजे तिर उहाँको निवास दाङ तुलसीपुरमा राख्ने कार्यक्रम रहेको छ । खड्काका अनुसार भोली तुलसीपुर स्थित नेकपाको पार्टी कार्यालयमा विहान ६ वजे देखी ९ वजे सम्म उहाँको सव राख्ने र ९ वजे पछि पश्चिम दाङको श्रीगाउँ स्थित चिराघाटमा अन्तिम दाहा संस्कार गरिने वताउनु भएको छ ।

दैनिक अभियानसंग कुरा गर्दै कार्यदल सदस्य टिकाराम खड्काले उहाँको दाहा संस्कारमा भोली श्रीगाउँको चिराघाटमा सहभागि भईदिनु हुन सम्पूर्ण पार्टी कार्यकर्ता, शुभचिन्तक समर्थक लगाएतका सवैमा अनुरोध गर्नु भएको छ ।

error: Content is protected !!