Loading... आजः सोमवार, असार ७, २०७८
Trending

चलचित्र “२१ मार्च” दोस्रो पटक तुलसीपुरमा प्रर्दशन !

तुलसीपुर, ५ फागुण । दलित सेवा संघ बेदना सांस्कृतिक परिवार दाङले तयार पारेको २१ मार्च चलचित्रको शनिवार तुलसीपुरमा च्यारेटी सो गरीएको छ । बषौदेखी समाजमा रहेको जातिय भेदभाव तथा छुवाछुतको कथाबस्तुलाई चित्रण गरिएको चलचित्र दोस्रो पटक तुलसीपुरमा प्रर्दशन गरिएको हो । गत कात्तिक देखी दाङ जिल्लाकै सेरोफेरोमा रहेर छयाङकन गरिएको चलचित्र केहि समय अघि पहिलो पटक घोराहीमा प्रर्दशन गरिएको हो । चलचित्रमा अहिलेको २१ औ शताब्दीमा पनि समाजमा जातिय छुवाछुत गर्नु मानविय अपराध भएको भन्दै यस्तो कुसंस्कार र कुरितीलाई अन्त्य गर्नुपर्ने सन्देश दिन खोजीएको छ ।

यस्तै बषौदेखी समाजमा दलित समुदायहरु जातिय छुवाछुतको थिचोमिचोमा पर्दाको दुख पिडालाई चित्रण गरिएको छ । मुलुकमा सवै मानिस समान हुन्, छुवाछुत भन्ने कुनै धर्म,शास्त्रमा छैन ,यो जात काम गरेको सिपको आधारमा मानवले उत्पति गरेको हो भन्दै यसलाई अन्त्य गर्न अझै संघर्ष गर्नुपर्ने कुरा चलचित्रमा चित्रण गरीएको छ ।

त्यस्तैगरी युवा युवतीले एक अर्कालाई प्रेम गरेर विवाह गरे पनि दलित भएकै कारण अन्र्तरजातिय विवाह गरेको जोडीको सम्वन्ध विच्छेद गर्ने जस्ता घटनालाई चित्रण गरिएको छ ।

दलित समु्दायमा मानिसहरुको सिपबाट उत्पादन भएका बस्तु तथा सामान प्रयोग गर्दा अछुत नहुने तर तीनै मानिसलाई छुवाछुत गर्नु अमानविय व्यवहार भएकाले यसलाई अन्त्य गर्न सवै एक जुट भएर जनचेतना फैलाउन आबश्यक छ भन्ने सन्देश दिएको छ ।सांस्कृतिक परिवार दाङका अध्यक्ष धुव्र सेरपाईलीको लेखन तथा निर्देशन एवं कमला विश्वकर्माको निर्मातामा रहेको चलचित्रमा कलाकारहरु सुदन थापा, डा. लोकराज पराजुली, सम्झना डिसी, कल्पना घले, अंकित डिसी, अमृता रसाईली, पुर्णिमा नेपाली, राजु विक, मनोज रसाईली, ससीराम विक,प्रकास अधिकारी र भोजराज खनाल रहेका छन् ।

सांस्कृतिक परिवार दाङका अध्यक्ष धुव्र सेरपाईलीको अध्यक्षतामा भएको थियो ।सो अवसरमा चलचित्र निर्माणमा सहयोग गर्ने कलाकार तथा सहयोगदाताहरुलाई सम्मान समेत गरीएको थियो ।

error: Content is protected !!