Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

टि २० क्रीकेटको उपाधी डिभाइनलाई

तुलसीपुर ५ फागुन ।
स्वर्गिय राज कुमार श्रेष्ठ स्मृति अन्तर बिद्यालय स्तरिय टि २० क्रीकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसिपुरले चुमेको छ । रोटरि क्लव अफ तुलसिपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको सयुक्त आयोजनामा क्लवका सस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय श्रेष्ठको स्मृतिमा संचालित प्रतियोगिताको फाईनल खेलमा गोरखा माबी तुलसिपुरलाई ३ विकेटको अन्तरले पराजित गर्दै डिभाईनले उपाधी हात पारेको हो ।

बिद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी हात पारेको उसले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो भने फाईनलमा पराजित हुँदै उपबिजेतामा चित्त बुझाउन बाध्य गोरखाले नगद २० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ ।