Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

यौनजन्य हिंसा बाट बच्न किशोरीलाई आत्मरक्षा तालीम


दैलेख  :  बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरु रोकथामका लागि किशोरीलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिईएको छ । पछिल्लो समय किशोरीहरु आफन्तहरु बाटै बलात्कार पर्ने जस्ता घटनाहरु दिनदिनै बाहीर आएको बेला यहाँको एक नगरपालिकाले किशोरीहरुलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन आत्मरक्षा तालीम दिएको हो ।

जिल्लाको आठबिस नगरपालिका १७ सामुदायिक विद्यालयका ६६ जना बालिका तथा किशोरीहरुलाई आत्मरक्षा तालीम दिइएको जानकारी दिएको छ । तीनदिनसम्म दिईएको तालिममा बालिका तथा किशोरीहरुले यौन हिंसा तथा दुव्र्यवहार भएमा वा कसैले बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने उपाएहरु सिकाईएको छ ।

बालिका र किशोरीलाई तालिमको सहजिकरण गर्दै आएकी सजना सुनारले किशोरी तथा बालिकालाई गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सेल्फ डिफेन्सका सातवटा उपायहरु वोर किशोरीलाई तालीम दिएकी हुन । तालीमको सहजीकरण गरेकी सुनारले एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिकाइएको मेरो कर्णाली लाई बताइन ।

आठबीस नगरपालिका उपप्रमुख दीपा बोहराले पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीहरुलाई आत्मरक्षाको सिपहरु सिकाएको बताइन ।उनले ‘बालिका तथा किशोरीहरु आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएका घटनाहरु दिनदिनै बाहीर आउन थालेपछि उनिहरुको सुरक्षालाई मध्यनजर गर्दै आत्मसुरक्षा तालिम दिएको बताइन । उपप्रमुख बोहराले भनिन् तालिम सिकेका बालिका तथा किशोरीहरुले आ–आफ्नो स्कुलका अन्य बालिका तथा किशोरीहरुलाई सिकाउनेछन् ।’ बालिका, किशोरी र महिलाहरुमा आत्मविश्वासको कमीले पनि हिंसादेखि बलात्कारसम्मको सिकार हुने भएकाले उनिहरुमा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि सिकाईएको उपप्रमुख बोहराको भनाई छ ।

आत्मरक्षा तालीम लिएकी जनज्योती मावीकी किशोरी निशा शाहीले यो तालीमले आत्मविश्वास र सुरक्षित महशुस गरेको बताइन । उनले कसैले यौन हिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेका छौँ, यो सीप अरूलाई पनि सिकाउनेछौँ । आत्मसुरक्षा सिपसँगै बालिका तथा किशोरीहरुलाई बाल अधिकारबारे समेत जानकारी दिईएको छ । उनिहरुलाई बाल विवाहबारे कानुनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आईपर्ने समस्याहरु तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानुनी प्रावधानबारे समेत जानकारी दिईएको नगरपालिकाले जनाएको छ ।