Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

निको हुने दर बढ्यो,थपिए २७० जना सङ्क्रमित

काठमाडौं :  पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ८४ वटा पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख पाँच हजार १२५ पीसीआर परीक्षण भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ८१६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसैगरी हालसम्म दुई लाख ६० हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ९७।६६ प्रतिशतमा उक्लेको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ ।