भैरवी गाउँपालिकाका दुई वडा कार्यालय भवन निर्माण
दैलेख : जिल्लाका ९० वडा कार्यालयहरु भाडाका भरमा संचालन भइरहेको अवस्थामा जिल्लाको भैरवी गाउँपालिकाले वडा नः १ र ३ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालय भवनको बुधवार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाही र जिल्ला समन्वय समितिका सदस्य सर्वराज महताराले भवनको उद्घाटन गरेका हुन । ।
नवनिर्मित वडा कार्यालय भवनको उद्दघाटन गर्दै कर्णाली प्रदेश सभा सांसद हिम बहादुर शाहीले प्रत्येक स्थानीय सरकारले पहिला पुर्वधार निर्माण गरेर नागरिकहरुका लागि सहज सेवा दिनु पर्ने बताए । उनले आफ्नो प्रशासनकि भवन निर्माण गरेर जनतालाई सेवा दिनका लागि अन्य वडाका प्रशासनिक भवन निर्माण गर्नु पर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले गाउँपालिकामा रहेका सबै वडाका प्रशासनिक भवनहरु अवको दुई वर्ष भित्र निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको बताए । उनले गत वर्ष दुई वडा कार्यालयको भवन निर्माणका लागि बजेट बिनियोजन गरेको यो चालु आर्थिक वर्षमा समेत वडा कार्यालय निर्माण गर्न आवश्यक बजेट बिनियोजन गरेको बताउदै आफ्नै कार्याकालमा सबै वडाका कार्यालय भवन निर्माण सम्पन्न गर्ने बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गत आर्थिक वर्षमा दुई वडा कार्यालय निर्माण गर्नका लागि एक करोड भन्दा बढिको ठेक्का गरेको बताए । उहाँले गत आर्थिक वर्षमा नै शुरु गरिएका दुबै वडा कार्यालयको निर्माणका जिम्मा रोहित कन्ट्रक्सन र आरआर एस कन्ट्रक्सनले जिम्मेवारी लिएको बताए । रोहित कन्ट्रक्सनका संचालक राजेश हमालले काम सम्पन्न गरी हस्तान्तरण गर्न तयारी गरेको भएपनि भुक्तानी नपाउँदै प्रशासनकि भवनमा आफै जनप्रतिनिधीले कार्यालय सारेको बताए । उनले वडा नः १ को भवन निर्माणका लागि ४१ लाख र ३ को भवन निर्माणका लागि ४५ लाख जतिमा निर्माण भएको अनुमानित गरेका थिए ।
नवनिर्मित भवनको उद्दघाटनमा वडा कार्यालय, आधारभुत स्वास्थ्य केन्द र खोप केन्द्रकालागि निः शुल्क जग्गादाता बालाराम उपाध्याय, सुभद्रा उपाध्याय र सेतु थापालाई हार्दिक सम्मान समेत गरेको गाउँपालिकाले जानकारी दिएको छ ।