Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

संघको अध्यक्षमा मल्ल,महासचिवमा प्याकुरेल

..

दैलेख  :  नेपाल औषधी व्यवसायी संघको जिल्ला कार्य समिति गठन गरिएको छ । नेपाल औषधी व्यवसायी संघको बिधान २०३० र संसोधित बिधान २०७५ बमोजिम देशभरका ७७ जिल्लामा जिल्ला शाखा स्थापना गर्दै प्रदेश शाखा स्थापना गरी पुर्णता दिने उद्देश्यका साथ दैलेखमा जिल्ला शाखा घोषणा गरिएको छ । औषधी व्यवसायीहरुको भेलाले १० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा याम बहादुर मल्ल,उपाध्यक्षमा भुवन बहादुर खड्का,महासचिव अमृत बहादुर प्याकुरेल,कोषध्क्षमा कपिल खनाल, सचिवमा इन्द्र बहादुर केसी,सह कोषाध्यक्षमा डिल कुमारी अधिकारी, सदस्यमा रुद्र बहादुर खड्का,जिवानन्द मेहेता,शेर बहादुर भारती,मनोनित सदस्यमा राम बहादुर थापा चयन भएका छन ।
नेपाल औषधी व्यवसायी संघ दैलेखको प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले नयाँ निर्माण हुने कार्य समितिको सफल कार्यकालको शुभकामना दिएका छन । उनले औषधी व्यवसायिक संघको हक हितमा लागि आफ्नो क्षेत्र बाट गर्ने सहयोगको प्रतिबद्धता दिदै आगामी आर्थिक वर्षको बजेट बाट संघको आफ्नै भवन निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्ने बताए ।

औषधी व्यवसायी संघका केन्द्रिय सदस्य कविराज कडेलले संघले औषधी व्यवसायिहरुको हक हितका पक्षमा वकालत गर्दै आइरहेको बताउदै औषधी व्यवसायीलाई ढुक्क रुपमा व्यवसाय संचालन गर्ने वाताबरण सिर्जना गर्न संघ लागि परेको बताए । उनले जिल्ला प्रशासन बाट गरिने अनुगमनमा प्रहरी ल्याएर अनुगमन गर्ने काम बन्द गर्नु पर्ने माग गरेका छन । उनले भने औषधी व्यवसायीले कालोबजारी गर्दैनन औषधीमा लेखिएको प्रिन्ट रेट अनुसार बिक्रि वितरण गर्छन ।


औषधी व्यवसायी संघको निर्वतमान केन्द्रिय उपाध्यक्ष एवम भेरी अञ्चलका अध्यक्ष अभय बस्नेत मुलुक संघिय संरचनामा गए पश्चात केन्द्रिय बिधान संसोधन गरी ७ वटै प्रदेश र ७७ जिल्लामा संगठन बिस्तार गर्ने उद्देश्य अनुरुप जिल्लामा आएको बताए । उनले केन्द्रिय बिधान अनुसार औषधी व्यवसायिहरुको प्रदेश स्तरीय समिति छिटै घोषणा हुने बताए । महासचिव प्याकुरेल मेरो कर्णाली अनलाईनका प्रधान सम्पादक समेत रहेका छन ।