देशभर ४ सय ९४ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
काठमाडौं : देशभर लक्षणसहितका कोभिड–१९ का संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ सय ९४ जना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ। आइसियुमा ४११ र भेन्टिलेटरमा ८३ जना छन्।
आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात् भेन्टिलेटरमा राखेर उपचार गरिन्छ। गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार २ सय ४ आइसियु, भेन्टिलेटरमा ५२ र होम आइसोलेसनमा ११ हजार १ सय ३१ रहेका छन्।
लुम्बिनी प्रदेशमा आइसियुमा ५४ र भेन्टीलेटरमा ६ जना छन्। प्रदेश १ मा ५५, आइसियुमा ४९ र भेन्टीलेटरमा १३ संक्रमित छन्।गण्डकी प्रदेशमा ४८,आइसियुमा ७२ र भेन्टीलेटरमा ९ जना छन्। प्रदेश २ मा ८ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्।
कर्णाली प्रदेशको आइसियुमा ९ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८५ र आइसियुमा १५ र भेन्टिलेटरमा १ जना संक्रमित उपचाररत छन्।