Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य सेवा कार्यालय सिल


दैलेख  : जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालय चार दिनका लागि सिल गरिएको छ। कार्यालयबाट प्रवाह हुने इमरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरिएको हो।

संक्रमितमध्ये पिसिआर ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी समेत रहेका छन्। अहिले दैलेखमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १२३ पुगेको छ। गत बुधवार २३, बिहिवार १६ र शुक्रबार २१ र शनिवार २३ जना जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए। उनले चाडपर्व नजिकिएसँगै सदरमुकाम दैलेख बजारमा अत्याधिक भिडभाँड बढेपछि संङक्रमितको संख्या पनि बढ्दै गएको छ ।

संक्रमितहरु बढ्दै गएपछि दैलेखको आइसोलेसन भरिसकेको छ। धेरै बिरामीहरु होम आइसोलेसनमा बसेका छन्। लक्षणसहितका बिरामीहरु बढ्न थालेको र समस्या जटिल बन्दै गएकाले आम नागरिकहरुले व्यक्तिगत सुरक्षा अपनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको छ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार शनिवार गरिएको पिसिआर परीक्षणमा २३ जनामा संङक्रमण पुष्टि भएपनि आठ जना मात्र आइसोलेसन भवनमा गएको र अन्य हामेआइसोलेसनमा बसेको जानकारी दिएको छ ।