Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

दैलेखमा बाल विवाह बिरुद्ध एभि अभियान सुरु गरिदै

तस्बिर नेपाल प्रहरी

दैलेख :  जिल्लामा बढ्दो बाल विवाह विरुद्ध ‘एभि अभियान’ सुरु गरिएको छ । बढ्दो बाल विवाह न्यूनिकरणका लागि चेतनामुलक कार्यक्रम स्वरुप ‘एभि अभियान’ सञ्चालन गरिएको हो । सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख, बाल हेल्पलाइन १०९८ (दश नौ आठ) को संयोजन तथा जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको सहकार्यमा अभियान थालिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।
प्रविधिको उपयोग गरेर बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रमको थालनी गरिएको श्रेष्ठको भनाई छ ।

अभियानमा बाल विवाह, बाल विवाह किन हुन्छ रु बाल विवाहले निम्त्याउने समस्या तथा असरहरु, बाल विवाह सम्बन्धि बनेका कानुनी प्रावधान, बाल विवाह अन्त्य गर्न सरोकारवाला निकायहरुको भूमिका लगाएतका विषयहरु समावेश गरिने उप–कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । अभियानमा प्रहरी, प्रशासन, स्थानीय तहका जनप्रतिनीधि, नागरिक समाज, अभियान्ताहरुको सचेतनामुलक सन्देश समावेश गरिनेछ ।नेपालमा कानुनत विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।