Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दुर्घटना न्युनीकरणका लागि पाँच “ओ” को अभियान


दैलेख :  कोरोना माहामारीकै बेला कारण जिल्लामा दुर्घटनामा कमी नआएपछि सुरक्षित यातायात संचालनका लागि पाँच “ओ” अभियान सुरु गरिएको छ । जिल्लाका सुरक्षा निकाय र यातायात व्यवसायीको बैठकले कोरोना महामारीमा मात्र नभएर अन्य बेला पनि सवारी साधनमा क्षमता भन्दा बढि यात्रु नबोकी दुर्घटना बाट बच्नका लागि यो अभियान सुरु गरिएको प्रशासनले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कोरोना महामारी मात्र नभएर सवारी दुर्घटना न्युनीकरण गर्न पाँच “ओ” को सिन्द्धान्त अवलम्न गरिएको बताए । उनले पाँच “ओ” को अर्थ सवारी साधनमा ओभर लोड –यात्रु बढि नबोक्ने)ओभर स्पिडि(तिब्रगतिमा सवारी साधन नहाक्ने)ओभरटेक नगर्ने,ओभर कन्फिडेन्ड नहुने र ओभर ड्रिङक नगर्ने रहेको बताए ।

कोरोना महामारीमा हामीले यातायात संचालन गर्दा सामाजिक दुरी राखेर यातायात संचालन गर्दा बस्ने यात्रु पनि सुरक्षति र आरामदायी यात्रा गर्न पाएको भन्दै आगामी दिनमा समेत त्यसलाई कार्यान्वयन गर्ने र क्षमता भन्दा सवारी साधानमा यात्रु बोक्नेलाई कार्वाही गरिने बताए

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जिल्लाका विभिन्न स्थानका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनमा यात्रा गर्ने यात्रीले अनिवार्य मास्कको प्रयोग गर्ने,सवारी साधनमै सेनेटाइजरको व्यवस्था गर्ने ,यात्रु गन्तब्यमा पुगेपछि गाडीलाई पुन सेनेटाइजर गरेर मात्र अन्य यात्रु बोक्ने गरी यातायात व्यवसायि संग सहमती गरिएको बताए ।

उनले यो अभियान संचालन गर्नका लागि दैलेखका विभिन्न प्रहरी चौकीमा रहेका ट्राफिक प्रहरीलाई परिचालन गर्ने र र नियम उलङघन गरेको पाइएमा कानुन बमोजीम कार्वाही गर्ने बताए । उनले भने यो अभियान हामी नागरिकका लागि हो नागरिकले त्यो नियम पालना गर्न आफै लाग्नुपर्छ त्यो गरेको खण्डमा कोरोना बाट पनि बच्ने र दुर्घटना बाट पनि बच्न यो उपयुक्त अभियान हो ।

जिल्ला प्रहरीले नागरिकको सुरक्षाका लागि विभिन्न अभियान संचालन गर्न प्रयास गरेपनि कतिपय अभियान सफल नभएको बेला यो अभियान सफल हुने आंशकामा रहेको नागरिक समाजका अगुवाले बताएका छन । उनीहरुले प्रहरीले राम्रो संग आफ्नो कर्तव्य पालन गरेर मात्र यातायातका सवारी साधन चल्न दिने हो भने केही हद सम्म दुर्घटना न्युनीकरण हुने जनाएका छन ।