Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा कोरोना संक्रमितको ३ हजार २७६ , डिस्चार्ज २ हजार ७३१

दैलेख :  कर्णालीमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या तीनहजार दुइसय ७६ पुगेको छ । भने यस रोगबाट डिस्चार्ज हुनेको कुल संख्या दुइ हजार सातसय ३१ रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परिक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भने १७ रहेको छ । कर्णालीमा कोभिड–१९ का संक्रिय विरामीको संख्या पाँचसय ३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण गरिएको छ । हाल सम्म उक्त रोगबाट ६ जनाको मृत्यु भइसकेको छ ।
यस्तै हाल सम्मा कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा रहेका कोरोना विरामीहरु चार सय ५८ रहेका छन् । भने बुधबार कोरोना पुष्टि भएका संक्रमित विभिन्न आइसोलेसनमा जाने क्रममा रहेका छन्