Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

अमेरिकी विमान निर्माता कम्पनी बोइङद्धारा ७३७ म्याक्स मोडलका विमान उडाउन रोक

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाइ छ । करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो । ६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिबाट दुर्घटना भएपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका उब्जिएको थियो । यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले भने उक्त मोडलको विमान उडानमा रोक लगाउनुपर्ने कुनै भरपर्दो कारण नरहेको बताउँदै आएको थियो । बोइङ कम्पनीका अधिकारीहरुका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो । अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ ्।