Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शिशुको शिक्षा र उपचार गाउँपालिकाले व्यर्होने

दैलेख  :  शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति हुन आएकी ठाटिकाँध गाउँपालिका वडा नः १ की २३ वर्षीय पार्वती शाहीको अत्यधिक रक्तस्रावका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लैजाने क्रममा बाटोमा मृत्यु भए पछि गाउँपालिकाले नवजात शिशुको उच्च शिक्षा र उपचार गरिदिने भएको छ ।
मृतकका आफन्तले गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको लापरबाहीका कारण ज्यान गएको भन्दै शव सहित गाउँपालिकामा राखेर आन्दोलन गरेपछि पीडित पक्ष र गाउँपालिका बिच घटनाको छानबिन समिति गठन गर्ने,नवजात शिशुको उच्च शिक्षा,अध्ययन र स्वास्थ्य उपचार गाउँपालिकाले निःशुल्क रूपमा गर्ने, मृतकको उपचारमा लागेको यातायात काज किरिया खर्च रु २५ हजार गाउँपालिका व्यर्होने, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा १५ दिन भित्र विशेषज्ञ डाक्टर ल्याउने र एम्बुलेन्सको तत्काल सञ्चालन ल्याउने सहमतिपछि पीडित परिवारले शव बुझेको गाउँपालिकाकाले जानकारी दिएको छ ।

मृतक सुत्केरी महिलाका जेठाजु टेक बहादुर शाहीले माथि गरेका चार बुँदे मागलाई गाउँपालिकाले अक्षरश पालना गर्ने सहमति पछि ताला खोलिएको बताए । उनले उपकरण भए पनि गाउँपालिकाले डाक्टर ल्याउने पहल नगर्दा र बिग्रिएको एम्बुलेन्स मर्मत नगर्दा सुत्केरीको मृत्यु भएको बताउँदै एम्बुलेन्स भएको भए भाइ बुहारीको मृत्यु हुने थिएन । अबका दिनमा कुनै पनि महिलाले सुत्केरीले अकाल्लमै ज्यान गुमाउनु नपरोस् भनेर चार बुँदे सहमति गरेको बताए ।