Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पहिरो जाँदा तीन घरपरिवार बिस्थापित

सल्यान  : अविरल वर्षापछि पहिरो खस्दा सल्यानको दार्मा गाउँपालिका–३ र ४ का तीन घरपरिवार विस्थापित भएका छन्‌। ३० घर र तीनवटा विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ। घरमा पहिरो चलेपछि गाउँपालिकाको वडा नं ६ का टिके कामी, विमला बुढाथोकी र वडा नं ४ का निराजन विकको परिवार विस्थापित भएका हुन्‌।
विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन्। पहिरोले वडा नं ४ मा २, वडा नं ६ मा ४, वडा नं ५ मा १, वडा नं २ मा १ र वडा नं १ मा १ घर गरी ९ घरमा क्षति पुर्‍याएको छ। ९ घरमा क्षति पुर्‍याएपनि तीन घरमा भने बस्न नमिल्ने गरी क्षति पुगेको केसीको भनाई छ।
सडक छेउमा रहेका प्राय घरहरु उच्च जोखिममा रहेका र पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको केसीले जानकारी दिए। उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको अध्यक्ष केसीको भनाई छ।