Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

साम्राज्ञीविरुद्ध कलाकार संघ पुगे भुवन

काठमाडौँ  :  कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् ।
साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् । ुआजभन्दा ५ ६ वर्षअगाडि निर्माण गरेको चलचित्र ड्रिम्सुमा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ उनको उजुरीमा लेखिएको छ ।

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी ‍हुने सामाग्री सार्वजनिक नगर्न भुवनले चेतावनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी पनि उनले दिएका छन् ।

ुआफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटो कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उनले लेखेका छन्, अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिब ४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुन त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सुचित गर्दछु ।