कोरोना रोक्न नसकेको भन्दै कांग्रेसको १२ बुँदे ध्यानाकर्षण
दैलेख : दैलेख नेपाली कांग्रेसले दैलेखले कोरोना भाइरस माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै ध्यानकर्षण पत्र बुझाएको छ । दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई नेपाली काग्रेसका जिल्ला सभापति कृष्ण कुमार बिसीले ध्यानकर्षण पत्र बुझाएका हुन ।
कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ । कांग्रेसले भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गर्दै उनीहरुलाई पिसिआर चेक गरेरमात्र घर पठाउन आग्रह गरेको छ । कोरोना पोजेटिभ केसहरुलाई सिमटन फ्री भएको तीन दिन र १४ दिन आइसोलेशनपछि टेस्ट नै नगरी डिस्चार्ज गर्ने कार्य गरैजिम्मेवार निर्णय भएको ठहर गरेको छ ।
कोरोनाकै कारण साना ठूला उद्योग व्यवसायी बन्द भएको र हजारौ नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलायमान गर्न र आर्थिक संकटलाई कम गर्न गम्भीर नभएको कांग्रेसको भनाइ छ । सरकारले लकडाउनलाई ठिक ढगंले उपयोग गर्न नसकेको, अस्पतालको क्षमता वृद्धिमा ध्यान नपुगेको, कोरोना बाहेक अन्य रोगका विरामीले उपचार नभएको जनाएको छ ।