Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

संविधान संशोधन विधेयक सर्वसम्मत पारित

नक्सामा समेटियाे भारतले अतिक्रमण गरेको नेपालको भुमि

काठमाडौ  :  संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाईले पारित भएको छ । शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। संसदमा उपस्थित २५८ जना सांसदले नै संशोधनको पक्षमा मतदान गरेपछि दुईतिहाइ बहुमतका साथ विधेयक पारित भएको हो।

प्रतिनिधिसभाका २७५ मध्ये उपस्थित भएका २५८ ले नै विधेयकको पक्षमा मतदान गरेका थिए। विपक्षमा एक मत पनि नखसेपछि विधेयक पारित भएको घोषणा सभामुख अग्‍निप्रसाद सापकोटाले गरेका छन्। संसद बैठक सुरु भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले छलफल र पारित गर्नका लागि दुई छुट्टाछुट्टै प्रस्ताव पेश गरेकी थिइन्।

संविधानसभाबाट नेपालको संविधान जारी भएपछि दोस्रो संशोधन भएको छ। मन्त्रिपरिषद् बैठकले गत जेठ ५ मा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ आधिकारिक नक्सालाई सरकारी र सार्वजनिक कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरेको थियो। यो नक्सा पारित भएसँगै अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर भएको छ। सरकारले यसअघि जेठ ७ गते भारतले हडपेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको थियो।

तस्वीर गाेरखापत्र बाट साभार