Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरियाबासी नेपाली जुटौँ,स्टार रेमिट दर्ता गरौँ : कृष्ण पुरी

दक्षिण कोरिया। हामी नेपालीहरु आज विश्वको कुना कुनामा छरिएर रहेका छौं । संख्यात्मक रुपामा धेरै थोरै फरक कुरा होला तर नेपालीहरु नभएको मुलुक नै छैन होला सायद । नेपालीहरु रहरले होइन (कहर) बाध्यताले बिदेशिएका छौ। कतार देखी कोरिया सम्म, नाइजेरिया देखी नेदरल्याण्ड सम्म अनि फिलिपिन देखी फिनल्याण्ड सम्मको भुमी नेपाली पशिनाले सिञ्चित भएका छन् । नेपाली हामी पुर्खाको वीरता र गौरवपुर्ण ईतिहासलाई सम्झेर रोमान्चित हुनेगर्छौ ।

प्रकृतीको अनुपम सुन्दरता र स्वर्गतुल्य नेपाली भुमी सम्झदै विदेशी भुमीमा आफ्नो जीवनका फक्रिदो जवानी सकिरहेका छौ । नेपाली नेताका फुस्रा भाषण , देशको अराजकता , अनि दिनानुदिन हुने बलात्कार र भष्ट्राचारको घटना सुनेर आक्रोशित हुनु सबैको दैनिकी बनेको छ। हामीमा निराशा र कुण्ठाले डेरा जमाउदै गएको छ भने सकारात्मक सोच र रचनात्मकता हराउंदै गएको छ। हामी युवाहरुले सामाजिक संजालमा नेता र सरकारलाई गाली गरेर अधिकाश समय खर्च गरेका छौ । अमुक नेताहरुका पक्ष र विपक्षमा कनिकुथी तर्क गरेर हामीले पनि कतै गलत त गरिराखेका छैनन् ।

एक जनाले विद्द्वानाले भनेका थिए ‘देश नेताले होईन जनताले बनाउने हो ।’ आज सम्पन्न र बिकसित भएका मुलुकहरु सबै जनताकै दुख र पशिनाले बनेका हुन् । हो नेताले मार्ग चित्र कोर्ने हो तर जनताको स्तर अनुसारको नेता हुने भएकोले अब हामी जनाताले हामीले आफैलाई परिपक्क र जिम्मेवार बनाउन जरुरी छ। दल र झन्डा भन्दा माथी उठेर हामीले नेपाली भएर सोचेको भोलिपल्ट नेपालले नया गोरेटो लिन सक्छ। हामीलाई कुनै दल कमजोर या बलियो हुनेमा चिन्ता गर्नु भन्दा पनि देश बलियो हुन्छ कि हुँदैन भन्नेमा चिन्ता र चासो हुनुपर्छ। देशमा परिवर्तन ठुला ठुला भाषणले होईन साना साना सकारात्मक कार्यबाट हुन्छ भन्ने प्रमाण खोज्न अन्त कतै जानु पर्दैन पत्रकार रवि लामिछाने, धुर्मुस सुन्तली ,महावीर पुन , उत्तम संजेल , पुष्पा बस्नेत ,अनुराधा कोईरालाहरुलाई हेरे पुग्छ।

त्यसले हामीले अझ बिशेषत विदेशीएका युवाहरुले साना साना कार्यबाट ठुला ठुला परोपकारी अभियान सफल बनाउन सक्छौ । पछिल्लो चर्चित तथा लोकप्रिय पत्रकार रवि लामिछानेले कर्णालीको बिकट क्षेत्रमा अस्पताल बनाउने अभियानमा बिभिन देशहरुमा अभियान संचालन भईरहेका छन् । कोरियामा पनि सक्रिय युवाको समुहले यो कार्य अघि बढाइरहेको छ। यो अभियानमा सहयोग गर्ने धेरै हुनुहन्छ। विदेशमा दु:ख गरेर कमाएको धन मन ठुलो पारेर सहयोग गर्नेहरु प्रती कर्णालीका जनताको ठुलो आशिर्वाद मिल्नेछ। अझ हामी सबैको लागी ठुलो खुसीको कुरा कोरियामा नेपालीहरुको पहिलो रेमिट स्टार रेमिटले स्टार रेमिटको एप दर्ता गर्ने १ जना ग्राहक बराबर २५०० कोरियन सहयोग गर्ने महान कार्य गरेको छ। व्यवसायिक संगै परोपकारी कार्यमा पनि अघि बढेको स्टार रेमिट र उदार र परोपकारी दिलका धनी रुद्र शर्मा धन्यवादका पात्र हुनुभएको छ।

अब कोरियामा रहेका नेपालीहरुले पनि निशुल्क रास्कोट अस्पताललाई सहयोग गर्न सक्नेछन् । परोपकार धनले मात्र होइन मनले र कर्मले पनि गर्न सकिन्छ भनेर अब कोरियाका नेपालीहरुले प्रमाणित गर्नु पर्ने भएको छ। कोरियावासी नेपालीहरु साच्चै लाग्ने हो भने १० करोड भन्दा धेरै रकम रास्कोट अस्पताललाई सहयोग गर्न सकिनेछ। यसको लागी हामी सबैको ईच्छा शक्ती र तत्परता मात्र भए पुग्छ। ४० हजार नेपाली रहेको भनिएको कोरियामा ४ हजारले मात्र एप दर्ता गर्ने हो भने १ करोड उठ्न कुनै गाह्रो कार्य होइन । तपाई हाम्रो ५ मिनेटले कर्णालीका जनताको बर्षौ देखिएको सपना पुरा हुनेछ। कर्णालीका ति बालबालिका ,समयमा नै औषधीमुलो गर्न नपाएर ज्यान गुमाउन बाध्य कर्णालीबासीको नयाँ जीवन अब तपाइँ हाम्रै हातमा छ । अब उठौ ,जागौँ र कर्णालीका जनतालाई सहज उपचार दिने रवि लामिछानेको महान अभियानको सहयात्री बनौ !

(२७ फाल्गुण २०७५, सोमवार १८.४७ मा प्रकाशित )