कोरोना संक्रमण रोक्न लकडाउन प्रभावकारी भएको ठहर
काठमाडौँ : सरकारले कोरोना भाइरसको रोकथामका लागि लक डाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकाथाको उपयुक्त विकल्प लकडाउन नै भएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो। नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने अहिलेसम्म दुई सय ९५ जना व्यक्ति संक्रमित भएका छन्। सरकारले समितिले प्रदेश र स्थानीयतहका क्वारेन्टाइलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक पैसा पठाउने, सुरक्षा सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। त्यस्तै स्वास्थ्यकर्मीको मनोबोल बढाउन ध्यान दिने र आपूर्ति अवस्थालाई सहज निरन्तरता दिने निर्णय भएको बिडारीले जानकारी दिए। भारतले जेठ १८ गतेसम्मका लागि लक डाउन घोषणा भएको छ।