Loading... आजः बुधबार, कार्तिक १४, २०८१
Trending

सामाजिक दुरी कायम गर्दै बन्दाबन्दीमा सेवा दिँदै बैङ्क

मेरो कर्णाली
दैलेख,वैशाख २२ गते । विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण मुलुक बन्दाबन्दीमा परिरहेको बेला दैलेखका अधिकांश वाणिज्य बैक तथा वित्तीय सस्थाहरूले बन्दाबन्दैमा समेत आंशिक रूपमा सेवा दिँदै आएको बताएका छन् । नेपालमा गत चैत ११ गते सरकारले गरेको लकडाउनको पूर्ण रूपमा पालना गर्दै सरकारले तोकेको सामाजिक दुरी कायम गरी आफूहरूले सेवा दिई रहेको बैकहरूले जानकारी दिएका छन् । वाणिज्य बैक तथा वित्तीय सस्थाहरूका लागि राष्ट्र बैकले गरेको परिपत्र अनुसार जिल्लामा हप्तामा दुई दिन मात्र बैकहरू खोल्ने गरेको जिल्लाका बाािण्ज्य बैकहरूले बताएका छन् । जिल्लाको एनआइसि एसिया बैकका जुनिएर अधिकृत खगेन्द्र कटुवालले बन्दा बन्दीका कारण हप्तामा ३ दिन बैक खुलेको बताए । उनले जिल्लामा भएको बन्दा बन्दीका कारण गाउँका मानिसहरू सदरमुकाम आउन नसक्ने र सदरमुकाममा रहेका व्यापार व्यवसायहरू सबै ठप्प भएका कारण पनि बैकको कारोबार घटेको बताए । राष्ट्रिय वाणिज्य बैक दैलेखले भने प्रत्येक दिन आंशिक रूपमा सेवा दिँदै आएको भएपनि आइतबार बाट कार्यालय पूर्ण रूपमा खोलेर सेवा दिई रहेको जनाएको छ । राष्ट्रिय बाािण्ज्य बैक दैलेख शाखाका कर्जा प्रमुख पूर्ण प्रसाद उपाध्यायले सामान्य रूपमा दैनिक बैक खुले पनि पूर्ण रूपमा कार्यलयमा काम भइरहेको बताए । दैलेख जिल्लाका अन्य सरकारी कार्यालय र स्थानीयले भने बैक तथा वित्तीय सस्थाहरू समेत बन्दा बन्दीका कारण बन्द भएपछि समस्या सिर्जना भएको बताएका छन् । दैलेख बजारका व्यापारी ऐन बहादुर शाहीले हाम्रो खाद्यान्नको पसलमा नियमित रूपमा खालेको छौ त्यसको लागि अर्डर गर्न नेपालगन्ज वा सुर्खेत गर्नु पर्ने त्यहाँ पैसा पठाउनु समस्या हुने गरेको बताए । दैलेख सदरमुकामको गणेशचोकमा रहेको बिजय बित्तिय सस्थाका शाखा प्रमुख खगेन्द्र जोसीले बैकको केन्द्रिय परिपत्र अनुसार बैक नियमित खोलेको र कारोवार भने नभएको बताए । उनले यो लकडाउनको अवधी भएपछि बैकले पनि परिपत्र पठाएको खण्डमा अन्य सेवा दिन सकिने बताए । मेगा बैक दैलेख अप्रेसन इन्चार्ज दिपक रोकायले राष्ट्र बैकले कुन कुन बैक कति दिन र समय खुल्ने भन्ने परिपत्र अनुसार बैक खुलेको बताए । जिल्लाका प्रत्येक स्थानीय तहमा बैकहरूले शाखा खोलेर सेवा दिन थालेपछि भने त्यहाँका सेवाग्राही जिल्लामा आउने समस्या भने हटेको नौमुलेका एक स्थानीय जानकारी दिए ।