Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सिन्धुपाल्चोक बस दुर्घटनामा थप दुई जनाको शव प्राप्त, मृतकको संख्या १३ पुग्याे

काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना मृत्यु भएका थप दुई जनाको शव प्राप्त भएको छ। यसअघि ११ जनाको शव प्राप्त गरेको प्रहरीले थप दुई जनाको शव भेट्टाएको हो। यो सँगै दुर्घटनामा मारिनेको संख्या १३ पुगेको छ। दुर्घटनामा १८ जना घाइते छन्। उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमोड भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको थियो।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको मृत्यु भएको र अरु धेरै हताहत रहेको जानकारी दिए।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो। सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन। मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ।


यो पनि:सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो


प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन्।

यसअघि सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो। गत कात्तिकमा भएको उक्त दुर्घटनाअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना हुँदा दर्जन बढीको ज्यान गएको थियो।


यो पनि:सुकुटे दुर्घटना: तीन महिने शिशुसहित १७ जनाको मृत्यु