घरको एक कुनामा अँध्यारो पारेर राखिएका जमरा -माधव न्यौपाने
माधव न्यौपाने ,दक्षिण कोरिया -असाेजकाे महिना बिहानकाे उज्यालोमा विमानकाे झ्यालबाट देखिने काठमाडौकाे दृश्यले मन कस्ताे कस्ताे बनायो । आँखाका कुनाहरु खुशीले सर्जल भएँ । स्वदेश आईपुगेछु मन ढुक्क भयाे । खुशीले एयरपोर्टमा ट्याक्सीगुरुजीकाे तछाडमछाडकाे पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसेँ ।
ट्याक्सी गुड्न थाल्याे विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई राेजे । धुलाका बादलहरुले आँखालाई । खाल्डाखुल्डीहरुले गाडी घाेडाकाे सम्झना गरायाे भने भुकम्प गएकाे चार बर्ष बितिसक्दा पनि निर्माण हुन नसकेका भाैतिक सरंचनाहरुले नेपालकाे विकास ।
ट्याक्सीमा पशुपति नजिक पुग्नै लाग्दा बागमती नदिकाे दुर्गन्धले झल्यासँ सम्झायाे , मानवसभ्यताकाे विकाससगँ सबैभन्दा ठुलाे सम्बन्ध ठुला-ठुला नदिहरुकै छ । सँसारका हरेक ठुला शहरहरु नदिका किनारमा छन् । यूरोप,अमेरिका वा एसिकाका ठुला-ठुला शहरहरु पानीमा नुहाइरहेकाे पाउछाैँ ।
जहाँ नदि छैनन् , त्यहाँ अरु ठाउँबाट नदि फर्काएर ल्याइएका हुन्छन्। जस्ताे दक्षिण काेरियाकाे राजधानी साैलकाे बीचमा ठुलाे “हानखान” नदि , बर्लिनकाे बीचमा रहेकाे “रिभर स्सप्रे” । तर हामीले बागमतीलाई त्याे सभ्यता दिन सकेका छैनौं । सुनिन्छ , हिजाेअाज बागमती सरसफाइमा केही अाशलाग्दाँ अभियान चलिरहेका छन । हेर्याै ती अभ्यासबाट के कति सफल भइन्छ ।
करिब दुई बर्षकाे अन्तरालपछि बाबा आमा आफन्त,नातागोताहरुलाई भेट्दा मन एकाएक आकाशमा उडिरहेको चङ्गा जस्तो भयाे । सबै खुशी देखिनुहुन्थ्याे तर आमा काे अनुहारमा चाहिँ अरुभन्दा भिन्न मुस्कान सहित आँखा टिलपिल-टिलपिल भएर पाेखिन थालेका थिए । मैले उहाँको त्याे आशु हर्षकाे आशु भनेर बुझेँ ।
घरकाे एककुनामा अध्यारो पारेर राखिएका ती उम्ररिदै गरेका जमराहरु हेरेँ अनि घर अगाडिकाे आगनमा फुल्न तयार भएका सयपत्री र सुपारी फुललाई पनि नजिकै गएर हातले स्पर्श गर्दै निहाले मन त्यसै-त्यसै हषिर्त भयाे । हिन्दुधर्मशास्त्र अनुसार देबि दुर्गाले बिनासकारी दानब महिषासुरको बध गरेर धर्मको स्थापनाको साथै असत्यमाथीको जीत र रामायणमा मर्यादा पुरुषोत्तम रामले राक्षष रावणको बध गरेपछि धर्ममाथि भएको बिजयलाई बिजया दशमीका रुपमा मनाइएकाे पाइन्छ । दशै चाडले मानिसलाई सद्बुद्धि प्रदान गरी अनुशासन र मर्यादाको पाठ सिकाई धर्मप्रति निष्ठाभाव राख्न मार्गनिर्देश गर्दछ र हालसम्म गरिएको छ पनि । यसै अर्थमा बडा दशैको मुल्य र मान्यता अलौकिक छ, अमर छ र शनातनी छ । दशै पर्व प्रकृति पुजनको बिषयसँग पनि निकट रुपमा तादाम्य राख्दछ ।
धार्मिक बिश्वासका साथ प्रयोगमा ल्याईने अक्षता जमरा, रातो अबिर चढाईने फुलमाला एबं पिपलका पातले यसै प्रशंगको संकेत गर्दछ । यर्थाथमा प्रकृति देबि पनि नवदुर्गाको एक बिशिष्ट स्वरुप हुन नै जसको अनुकम्पले बृष्टिद्धारा धर्तिबाट अन्न उब्जाउन सुगम बनाईदिनुहुन्छ । धानबाली भित्राईने संघारमा आएर दशै मनाउनु धर्तीमाताप्रति न्यौछावर गरिएको अगाध भक्ति र समपर्णको द्योतक हो भनिन्छ । गुनकेशरी गुलाब थुंगे बगैंचामा फुल्छन नेपालीका ठूला पर्व यस ऋतुमा आउँछन् ती पर्व हुन दशै-तिहार पालो गरि आउँछन हेमन्तको पालो आए सबै पर्व जान्छन । मादक शरद रितु ६ रितु मध्ये सर्वश्रेष्ठ रितु हाे । मङ्सिर ,पुसमा धानकाटेर निरस देखिने खेतका गडाहरु यसैबेला धानका बाला झुलेर सरस भएका हुन्छन् ।अन्नकाे सहकाल हुन्छ ,घरहरूकाे मर्मत,लिपपोत भएका हुन्छन् । सयपत्री र सुपारी फुलले बालीका कान्ला ढाकेका हुन्छन् । न गर्मी न चिसो , माैसमकाे हिसाबले पनि याे रितु अरुभन्दा उत्तम हुन्छ । नेपालकाे अर्थतन्त्र परदेशले धानेकाे छ । दशैकाे अवसर पारेर खाडीबाट बाबाअामा लाई चिल्ला गाडीमा चढाउने सपना , पतिवियाेगमा छट्पटीकिलाई पति मिलन र मखमलकाे साडीकाे सपना र छाेराछारीलाई नाना-चाचाकाे सपना बाेकेर आउछन् । ईष्टमित्र सगँ भेटघाट हुन्छ , कुनै बिष्टसिष्टकाे काममा जानुपर्दैन ।
रातकाे अन्धकारलाई पन्छ्याउदै सूर्यकाे किरणहरुले दिनकाे आभाष दिदै थिए । एकाएक माेबाइलकाे घडीमा बिहानकाे ७:३० बजे छ । टिङ्टिङ् गर्दै बजेकाे अलारामले मेराे मिठाे सपना छताछुल्ल पार्याे । स्वदेशकाे मिठाे सपनाबाट एकाएक परदेशकाे तिताे बिपनामा ब्युझँदा मन कागतीकाे जुस पिए जस्तै अमिलाे भयाे । नजिकै रहेकाे बाेतलकाे पानी घट-घट पिएँ । मनमनै प्रश्न गरे,” म जस्तै सपनामा घरदेशकाे कल्पना गरेर रमाउने परदेशी कति हाेलान् ?” परदेशकाे जीवन विचित्रको हुन्छ ।
अलारामकाे घण्टीसगै बिहान उठ्ँ, थुतुनाे पनि राम्रोसगँ धुन नपाई हतारहतार केही खाऊ र कम्पनी जाऊ । दिनभर गधा जस्तै जाेतिएर काम गर अनि मध्यरातमा बन्धीग्रीह जस्ताे डेरा । मेसिन जस्ताे जीन्दगी । फुर्सदले बसेर खानसम्म पाउने हैन् । रातदिन कामले गर्दा कहियाैँ राम्रोसँग सुत्न नपाएका रातकाे हिसाब कसले दिने ? कसैकाे वास्ता नगरी हतारहतार खानाखाई काममा जाेतिनुपर्दा सधैं मनमा एउटै प्रश्न उब्जिन्छ । के का लागि याे तिब्र थपेडी ? फेरि खानु र काम गर्नु बाहेक जीवनमा अरु कुनै कुरा नै छैन् ? “बनमा बेल पाक्याे काजलाई हर्ष न बिस्मात “भनेझै हामी पश्चिमा देशमा रहेकाहरुलाई के दशै के तिहार ।
तरपनि आफ्नो घरपरिवारकाे याद तआउछ नै । जेहाेस , यस बडादशैकाे उपलक्ष्यमा दुर्गाभवानीले सबैलाई सद्बुद्धि , सद्कर्म र सकारात्मक साेच प्रदान गरुन् । देशका लागि लड्ने , घरपरिवारकाे हेरबिचार गर्ने , सबैकाे भलाे चिताउनेहरुलाई बिजया दशमीकाे अपार शुभकामना !