Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

सिन्धुपाल्चोकमा दुम्सिको आतंक कृषकहरु त्रसित

सिन्धुपाल्चोक । नेपाल एक कृषिप्रधान मुलुक हो । यहाँका लगभग ८० प्रतिशत युवाहरू प्रत्यक्ष तथा अप्रत्यक्ष हिसाबले कृषि पेशा सम्लग्न छन भन्ने कुरा हामिहरु माझ अबगत भएकै कुरा हो । पछिल्लो समय हाम्रो सरकारले पनि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिदै निर्यात प्रबर्द्धन गरि “समृद्ध मुलुक सुखी नेपाली ” नारालाई सार्थक बनाउन कृषि उत्पादनलाई विशेष तरिकाबाट विभिन्न अनुदान तथा संघसस्थाको संग्लनता वृद्धि गर्दै गरिबी न्यूनीकरण तथा रोजगारीको सिर्जना गर्नै हेतुले कामकारबाहीमा अघि बढिरहेको होला यता सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिका वडा नम्बर ८ सुन्दरिपुरमा भने कहिल्यै देखा नपरेको समस्या दुम्सिले विभिन्न अन्नबालिमा असर पारेर कृषकहरुलाई त्रसित बनाएको  छन ।

 


फाइल तस्विर

यस समस्याकै कारण त्यस ठाउँमा सम्पुर्ण कृषक दाजुभाइ तथा दिदिबहिनी झन् दुबिधा र असुबिधा झेल्न बाध्य छन । सिन्धुपाल्चोक जिल्ला कृषि पकट क्षेत्र समेत घोषित भै विभिन्न अनुदान सम्म उपलब्ध भएको यस ठाउमा सप्रोस नेपाल तथा थुप्रै घरेलु संघसस्था र आमा समूहले पटकपटक विभिन्न जातजातिका फलफूल तथा नगदेबालिका बिउबिजनसम्म उपलब्ध गराउदै आएका थिए । तर यस समस्याका कारणले कयौं कृषकहरु त्रसित भएका छन ।