Loading... आजः आइतवार, मंसिर ७, २०८३
Trending

बन्चरो प्रहारबाट तीन जनाको मृत्यु

दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहारबाट दुई बालबालिकासहित आमाको मृत्यु भएको छ। घटनामा एक बालक गम्भीर घाइते भएका छन्। घरायसी विवादका क्रममा अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

घटनामा १२ वर्षीय तपेन्द्र सलामी मगर र तीन वर्षीया करिश्मा सलामी मगरको उपचारका क्रममा मृत्यु भएको थियो। गम्भीर घाइते ३५ वर्षीया मनिषा सलामी मगरलाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएकोमा दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घाइते छ वर्षीय मिलन सलामी मगरको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले जानकारी दिए । । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।