अलपत्र विकास आयोजना, सरोकारवालाको चिन्ता


दैलेख : दैलेख जिल्लामा विकास निर्माणका आयोजना अलपत्र परेको र निर्माण कार्यले अपेक्षित गति लिन नसकेको भन्दै राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । ठेक्का लागेर काम सुरु गरिएका योजनाहरुले अपेक्षित रुपमा प्रगती प्राप्त गर्न नसकेको भन्दै सरोकारवाला निकायले चासो ब्यक्त गरेका छन । नारायण नगरपालिकाले बिजया दशमी तथा शुभदिपावली र छठ पर्वको पावन अवसरमा आयोजना गरेको शुभकामना आदान प्रादन कार्यक्रममा बोल्दै
प्रतिनिधिसभाका पूर्वसदस्य रवीन्द्रराज शर्माले ठेक्का लागेर काम सुरु गरिएका योजनाहरुले अपेक्षित रुपमा प्रगती प्राप्त गर्न नसकेको भन्दै दुःख ब्यक्त गर्नुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा निर्माणाधिन सडक, पेट्रोलिय पद्धार्थको अन्बेषण,जिल्ला अस्पताल लगायतका धेरै कामहरु अलपत्र परेको बताउँदै त्यसका लागी बर्तमान सरकारले सहजीकरण गरी काम छिटो सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नभयो दिगो विकास र सुशासनका लागि जिल्लामा रहेका क्रियाशिल पार्टीहरु एक ठाउँमा हुँदा समेत निर्माणाधिन योजनाहरु अलपत्र पर्नु दुखद हो। त्यसका लागी स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकारले आवश्यक एने कानुन निर्माण गरी बिकास निर्माणलाई प्रथामिकताका साथ अगाडी बढाउनु पर्दछ । अघिल्लो सरकारले सुरु गरेको बाँकेको नेपालगञ्ज सुर्खेत दैलेख हुदै नाग्चेनाग्ला जोड्ने सडक, पेट्रोलियम पदाद्र्धको अन्बेषण लगायतका कामहरु अलपत्र परेको बताउँदै तत्काल सरकारले पेट्रोलियम पद्धार्थको अन्बेषणको काम अगाडी बढाउन माग गर्नुभयो । उहाँले थप्नुभयो अन्बेषणका काम लगभग सकिएको छ अव उत्खनन गर्ने काम यो सरकारले अगाडी बढाउनु पर्दछ ।
कर्णाली प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सबैको साझा प्रयासबाट दिगो विकास र सुशासन कायम गर्न सकिने बताउनुभयो। उहाँले आवश्यकताका आधारमा योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै जिल्लामा आउने कार्यालय प्रमुखले जिल्लावासीप्रति जिम्मेवार भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो जिल्लामा विकास निर्माणका आयोजना अलपत्र परेको उल्लेख गर्दै सरकारमा रहेका राजनीतिक दलले आयोजनाको कार्यान्वयन र प्रगतिबारे निगरानी गर्नुपर्ने बताउनुभयो । विगतमा ३५ वर्षसम्म विकास नभएको भन्दै आलोचना गर्नेहरू अहिले जिम्मेवारीमा पुगेको छ महिनाभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित काम देखाउन नसकेको उहाँको भनाइ थियो। प्रतिनिधिसभाका सदस्यले आफ्नो मर्यादा र जिम्मेवारी ख्याल नगर्दा त्यसको भार अन्य सदस्यले समेत बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नगरपालिकाको विकासका लागि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवाला निकायबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नगरपालिका भित्र निर्माणाधिन विभिन्न आयोजना निर्माणका लागि सम्बन्धित निर्माण कम्पनीलाई तोकता गरेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताउनभुयो । उहाँले भन्नुभयो नगरपालिकाले एक्लै चाहेर मात्रै सबै काम गर्न नसक्ने उल्लेख गर्दै उहाँले विकास निर्माण, सुशासन र जवाफदेहिता अभिवृद्धिका लागि सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
नगरप्रमुख शर्माले नारायण नगरपालिका क्षेत्रभित्र निर्माणाधीन दैलेख अस्पताल, दैलेख–महाबु सडकखण्ड तथा नौमुले सडकखण्डलगायतका आयोजनाको काम अलपत्र परेको अवस्थामा सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सबै पक्षबाट खबरदारी आवश्यक रहेको बताउनुभयो । काम नगर्ने ठेकेदारलाई कार्वाहीका पत्राचार गर्दा समेत ठेकेदारले काम नगरिदिने समस्या रहेको उहाँको भनाइछ । राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली काँग्रेस,नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टीले जिल्लाको विकासका लागी सबै पक्षको भुमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा जिल्लामा निर्मााणाधिन आयोजना सम्पन्न हुनमा सहयोग पुग्ने बताएका थिए । उनीहरुले दसै तिहारको समयमा बालबालिकालाई लागुऔषध बाट जोगाउँन प्रहरीको सक्रिय भुमिका रहनु पर्नेमा जोड दिएका थिए ।

