सामाजिक सुरक्षा कोष सम्बन्धी सचेतना शिविर


दैलेख : सामाजिक सुरक्षा कोषको दायराबाहिर रहेका श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उद्देश्यले सचेतना शिविर संचालन गरिएको छ । नारायण नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा कोषबारे आमा नागरिकलाई सचेतना बढाँउदै औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषको दायरामा ल्याउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी एकदिने सचेतना शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
शिविर उद्घाटन गर्दै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले सामाजिक सुरक्षा कोषलाई औपचारिक क्षेत्रका कर्मचारीमा मात्र सीमित नराखी सबै श्रमिकको पहुँचमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले शिक्षक, सवारीचालक, सहकारीका कर्मचारी तथा निजी र गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा आबद्ध गराउन अहिलको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो श्रमिकको वर्तमानसँगै भविष्यको आर्थिक सुरक्षाका लागि पनि कोष महत्वपूर्ण रहेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएको खण्डमा योगदानकर्ताको मृत्यु वा अन्य जोखिमका अवस्थामा पति वा पत्नी तथा आश्रित परिवारका सदस्यले प्राप्त गर्ने पेन्सन, उपदानलगायतका सुविधाबारे नागरिकलाई बुझउन सकेको खण्डमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने नागरिकको संख्या बृद्धि हुने नगर प्रमुख शर्माको भनाइछ ।
किर्डार्क नेपालका कार्यक्रम संयोजक बिन्दुलाल रेग्मीले औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने अभियान सरकारले संचालन गरिरहेको भएपनि सचेतना अभावका कारण नागरिकहरु योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो वृद्धावस्था, दुर्घटना वा अस्वस्थताको समयमा कोषले श्रमिकलाई आर्थिक सहारा दिने भएकाले यसको पहुँच विस्तार आवश्यक रहेको बताउनुभयो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने फाइदाहरुबा बारेमा नागरिकहरुले सचेतना हुन नसक्दा धेरै नागरिक सुरक्षा कोषमा आवद्ध नभएको अबस्थामा प्रत्येक पालिकाका जनप्रतिनिधि,कर्मचारी लगायत आम नागरिकलाई जानकारी दिन उक्त सचेतना शिविरको आयोजना गरिएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकामा संचालन हुने सम्पुर्ण कार्यक्रममा सामाजिक सुरक्षा कोषका फाइदा बारे आम नागरिकलाई जानकारी दिन बस्तीस्तरमा समेत छलफल चलाउने काम नगरपालिकाले गर्ने नगरपालिकाका बरिष्ठ अधिकृत पदम सापकोटाको भनाइछ ।

