कुशको शव बनाएर दाहसंस्कार

कमल शर्मा
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका नरबहादुर थापाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता हुनुभएका थापाको दश दिनसम्म खोजी गर्दा पनि कुनै खबर प्राप्त नभएपछि भगवतीमाई गाउँपालिका–१ स्थित हुलाक टाकुरानजिकैको गमनखाडामा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।
नरबहादुर बेपत्ता भएपछि आफन्तहरूले उहाँको खोजीका लागि विभिन्न ठाउँमा पुगेर प्रयास गरेका थिए । उहाँका भिनाजु प्रेमबहादुर खड्का र दाजु बसन्त थापा नुवाकोट पुगेर खोजी गर्नुभएको थियो भने अन्य आफन्तहरू पनि सम्भावित ठाउँमा पुगेर खोजीमा जुटेका थिए । तर, दश दिनसम्म खोजी गर्दा पनि नरबहादुरको अवस्था पत्ता लाग्न सकेन । लामो समयसम्म खोजी गर्दा पनि कतै नभेटिएपछि परिवारले सल्लाह गरेर कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरेको नरबहादुरका भिनाजु प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
नरबहादुर बेपत्ता भएपछि उहाँका ८० वर्षीय बुबा झरबहादुर थापा छोराको खबरको प्रतीक्षामा हुनुहुन्थ्यो । तर दशौ दिन सम्म दिनसम्म पनि छोराको कुनै खबर नआएपछि उहाँ क्रिया बसेर बस्नुभएको छ ।घरमा अंकल नाता पर्ने भएपनि उहाँहरुको समय नमिलेका कारण ८० वर्षिय बुवाले नै नर बहादुरको क्रिया गर्न लाग्नुभएको भिनाजु प्रेम खड्काले बताउनुभयो ।
नरबहादुर नेपाल सरकारको ‘एक गाउँ, एक प्राविधिक’ नीतिअनुसार करार सेवामा काम गर्न रसुवा पुग्नुभएको थियो । उहाँ गोसाईंकुण्ड गाउँपालिकामा नायब प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्थ्यो । बाढी आउनुअघि बिहान परिवारसँग फोनमा कुरा गर्दै आफू ठिकै रहेको बताउनुभएका नरबहादुर त्यसपछि परिवारको सम्पर्कमा आउनुभएको थिएन । ‘बाढी आउनुअघि बिहान घरमा कुरा भएको थियो । उहाँले आफूलाई ठिकै भएको बताउनुभएको थियो । त्यसपछि सम्पर्क हुन सकेन । रसुवा,नुवाकोट र चितवनमा भेटिएका शवहरु सबै हेर्दा समेत कुनै पत्ता लाग्न नसकेपछि उहाँहरुले हिन्दुपरमपरा अनुसार छोराको क्रिया गर्ने सहमती भएपनि कुशको शव बनाएर दाहासस्कार गरिएको छ ।


